चन्द्रागिरिमा हिउँ खेलेर फर्किंदा हराएका एकै परिवारका ५ जनाको सकुशल उद्धार « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चन्द्रागिरिमा हिउँ खेलेर फर्किंदा हराएका एकै परिवारका ५ जनाको सकुशल उद्धार


२४ माघ २०७८, सोमबार


काठमाडौँ । चन्द्रागिरि घुम्न गएको बेला हराएका एकै परिवारका पाँच सदस्यलाई प्रहरीले मध्यराति उद्धार गरेको छ ।

हिउँ खेल्न गएर फर्किने क्रममा जंगलको बाटोमा हराएका चन्द्रागिरि नगरपालिका–६ का २३ वर्षीया रिता गुरूङ, १५ वर्षीय सौभाग्य गुरूङ, १३ वर्षीय सहज गुरूङ, ११ वर्षीया जेनिसा गुरूङ र ७ वर्षीय एनवीन गुरूङलाई उद्धार गरिएको प्रहरीले जनाएको छ।

उनीहरू सबै सकुशल रहेका छन् । प्रहरीका अनुसार उनीहरूले आफूहरूले बाटो भूलेको भनेर राति साढे आठ बजे घरमा खबर गरेका थिए । घरका अरु सदस्यहरूले प्रहरीमा जानकारी गराएपछि प्रहरी टोली परिचालित भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस