२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँच दलीय गठबन्धन चुनावसम्मै : वरिष्ठ नेता पौडेल

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पाँच दलीय सत्ता गठबन्धनलाई आगामी चुनावसम्मै लैजानुपर्ने बताएका छन् ।

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता पास गर्ने सन्दर्भमा गठबन्धनभित्र तरङ्ग उत्पन्न भइरहेका बेला नेता पौडेलले गठबन्धनलाई चुनावसम्म निरन्तरता दिनुपर्ने बताएका हुन् ।

काँग्रेस गण्डकी प्रदेश कार्यालयको उद्घाटन गर्दै नेता पौडेलले अहिलेको अवस्थामा कुनै पनि दलले एकल बहुमत जुटाउन सक्ने अवस्था नरहेकाले भविष्यमा सरकार बनाउने शक्तिहरूले चुनावमा नै गठबन्धन बनाउन आवश्यक रहेको बताए ।

‘काँग्रेससँग ३० प्रतिशत मात्र मत छ । काँग्रेस बाहेकका ७० प्रतिशत मत एकै ठाउँमा गएमा के हुन्छ ?,’ पौडेलले प्रश्न गर्दै भने, ‘संविधानअनुसार पनि अहिले कुनै पनि पार्टीले एकल बहुमत आउने अवस्था छैन । भविष्यमा सरकार बनाउँछौँ भन्ने दलहरूबीच अहिले नै गठबन्धन हुनु आवश्यक छ ।’

नेता पौडेलले पार्टीमा गठबन्धन गर्नुहुँदैन भन्ने नेताहरूप्रति प्रश्न गर्दै भने, ‘राष्ट्रिय सभामा ३ जना थिए, अहिले गठबन्धन मिल्दा ६ जना सदस्य पाएको छ, यो उपलब्धि हो कि होइन ?’ उनले आगामी चुनावमा काँग्रेसले जनतालाई आशा जगाउने सन्देश के दिने भनेर नेतृत्वले सोच्ने बेला भएको बताए । ‘काँग्रेसका अगाडि ठुलो चुनौतीको पहाड छ । अबको चुनौतीको पहाड भनेको चुनाव हो, चुनावमा जनतामा कसरी आशा जगाउने भनेर सोच्ने बेला भएको छ,’ उनले भने, ‘म उत्तर दिने ठाउँमा छैन । उत्तर दिने ठाउँमा भएका साथीहरूले यसको जवाफ बेलैमा सोच्नुहोला ।’

उनले पार्टीभित्र चुनावमा अन्तर्घात गर्ने पुरानो संस्कार रहेको भन्दै गुटबन्दीलाई अन्तर्घातमा पुर्‍याउन नहुनेमा ध्यान दिन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस