२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिरामी महिलाको तीन दिनपछि हेलिकप्टरद्वारा उद्धार

अ+ अ-

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाबाट एक जना शख्त घाइते बिरामीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

घरको छतबाट लडेकी नाम्खा गाउँपालिका–५ को तुम्कोट गाउँकी ५५ वर्षीया छिरिङ तामाङको तीन दिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

माघ २१ गते बेलुका पशुवस्तुका लागि घाँस निकाल्न जाँदै गर्दा आफ्नै घरको छतबाट लडेर सख्त घाइते भएकी तामाङको तीन दिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको श्रीमान् तन्जन तामाङले बताए ।

लडेर तामाङको ढाड भाँचिएपछि आफ्नै व्यक्तिगत खर्चमा आइतबार हेलिकप्टर रिजर्भ गरी जिल्ला बाहिर काठमाडौँ लगिएको बिरामीका श्रीमान् तामाङले जानकारी दिए ।

उनका अनुसार हेलिकप्टर रिजर्भका लागि रु आठ लाख खर्च गरेपछि मात्रै आफ्नो श्रीमतीको उद्धार हुन सफल भएको उनले बताए । घाइतेको कुरुवाका लागि दुई जना आफन्त पनि गएका छन् ।

सडक सञ्जालले नछोएको हिमाली जिल्ला हुम्लामा सामान्य बिरामी पर्दा पनि गरिब निमुखा सर्वसाधारणले ऋण मागेर भए पनि हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता कायमै छ । यहाँका नागरिकले यस्तो समस्या कहिलेसम्म भोग्नुपर्ने हो स्थानीय ग्याम्जु लामाको प्रश्न छ ।

आर्थिक मजबुद भएका नागरिकले जिल्ला बाहिर लैजान सक्लान् तर अन्य सर्वसाधारणलाई भने निक्कै समस्या हुने गरेको देखिएको छ । गाउँमा पर्याप्त औषधि उपकरणका साथै जटिल बिरामीका लागि उपकरण नहुँदा हुम्लीले आफ्नै व्यक्तिगत खर्चमा महँगो मूल्य तिरेर भए पनि जिल्ला बाहिर उपचारका लागि हेलिकप्टर रिजर्भ गर्ने गरेका छन् ।

हुम्लामा सडक सञ्जाले नछोएको हुनाले यहाँका नागरिकले समस्या भोग्नुपरेको छ । बिहीबार र शुक्रबार दुई दिन लगातार हिमपात हुँदा खराब मौसम भएका कारण उद्धार हुन नसकेको हो ।

प्रतिक्रिया दिनुहोस