प्रचण्ड र माधव नेपालले एमसिसीबारे भ्रम छरे : वरिष्ठ नेता पौडेल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रचण्ड र माधव नेपालले एमसिसीबारे भ्रम छरे : वरिष्ठ नेता पौडेल


२३ माघ २०७८, आइतबार


कास्की । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसिसीबारे जनतामा भ्रम छरेको आरोप लगाएका छन् ।

नेपाली काँग्रेस गण्डकी प्रदेश समितिको कार्यालय उद्घाटन गर्दै नेता पौडेलले प्रचण्ड र नेपालका कारण एमसिसी गिजोलिएको बताए ।

‘मैले गठबन्धनमै प्रचण्ड र माधवजीलाई भनेको छु । यो एमसिसी किन गिजोल्नुभयो ? जनतालाई गलत सूचना दिएर एमसिसीबारे भ्रमित पार्ने काम उहाँहरुबाटै भएको छ’, पौडेलले भने ।

उनले एमसिसीबारे जनतालाई कन्भिन्स गराउनुपर्ने बताए । ‘मुलुकको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा छ । सधैँ विदेशीको ऋण लिएर हुँदैन । ऋण तिर्न नसक्दा श्रीलङ्काको हालत के भएको छ ? त्यसैले एमसिसी अनुदान लिनुपर्छ’, पौडेलले भने ।

उनले एमसिसीबारे अलमल चिरेर गठबन्धन जोगाउनुपर्ने बताए ।

भविष्यमा सरकार बनाउनका लागि पनि चुनावमा गठबन्धन गर्नपर्छ । चुनावमा गठबन्धन नगर्ने हो भने काँग्रेसलाई पनि सजिलो छैन’, पौडेलले भने ।

उनले आफू पार्टीभित्र निर्णायक र उत्तर दिने भूमिकामा नरहेको भन्दै चुनावमा पार्टीलाई जिताउने उपाय पदाधिकारीहरुले प्रस्ताव गर्नुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस