निर्वाचनको मिति सोमबार घोषणा हुन्छ : ज्ञानेन्द्रबहादुर कार्की « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

निर्वाचनको मिति सोमबार घोषणा हुन्छ : ज्ञानेन्द्रबहादुर कार्की


२३ माघ २०७८, आइतबार


काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भोलि (सोमबार) बस्ने मन्त्रिपरिषद् बैठकबाट स्थानीय तहको निर्वाचन घोषणा हुने बताएका छन् ।

निर्वाचनको मिति घोषणामा सरकारले आलटाल गरिरहेको भन्दै आलोचना भइरहेका बेला मन्त्री कार्कीले मिति घोषणमा सरकार प्रतिबद्ध रहेको बताएका छन्।

सोमबार मन्त्रिपरिषद्को बैठक बसेर जेठ ४ गने चुनाव गर्न निर्णय गरिन्छु मन्त्री कार्कीले भने,अहिले मिति घोषणाको सम्बन्धमा जुन किसिमको कुरा गरिदैँछ यसमा कुनै किसिमको दुविधामा नरहन म सबैमा आग्रह गर्दछु ।

निर्वाचन आयोगले सिफारिस गरेको मितिमा चुनाव सम्पन्न गर्ने कार्कीले जानकारी दिए । आयोगले सिफारिस गरेको एक साता भइसक्दा पनि मिति घोषणा नगरेपछि सरकारले आलटाल गर्न खोजेको हो कि भन्ने शङ्का उत्पन्न भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस