सुनसरीमा बस र ट्रक ठोक्किंदा ३ जनाको मृत्यु, १३ जना घाइते « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

सुनसरीमा बस र ट्रक ठोक्किंदा ३ जनाको मृत्यु, १३ जना घाइते


२२ माघ २०७८, शनिबार


काठमाडौँ । सुनसरीमा ट्रक र बस ठोक्किंदा तीन जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् ।

शुक्रबार राति भोक्राहा नरसिंह नगरपालिका–३ र ६ को सीमा क्षेत्र खुनिया खोला पुलमा पूर्वतर्फ जाँदै गरेको ना५ख २९९६ नंम्बरको ट्रक र पश्चिमतर्फ आउँदै गरेको ना८ख ८४९३ नंम्बरको बस ठोक्किएका थिए ।

दुर्घटनापछि दुवै सवारिमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बस चालक सुरेन राई, बसमा सवार एक जना पुरुष र ट्रक चालक रहेका छन् । दुई जनाको सनाखत नभएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बसका कन्डक्टर रबिन ढुङ्गेल, बिक्रम कटवाल, मिङमा शेर्पा, दिपक श्रेष्ठ, दिलकुमार बिक, राहुलकुमार मण्डल, सादकन मिया, मुना प्रधान, उमेश लामा, अमृता लामा, पाँचथरका पेवाहाङ जगेबु, जितबहादुर लिम्बु र गोपाल दाहाल घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस