कञ्चनपुरमा मिलको पट्टामा बेरिएर ११ वर्षीया बालिकाको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कञ्चनपुरमा मिलको पट्टामा बेरिएर ११ वर्षीया बालिकाको मृत्यु


२२ माघ २०७८, शनिबार


कञ्चनपुर । कृष्णपुर नगरपालिका–१ दोमिल्लाकी ११ वर्षीया बालिका ललिताकुमारी खत्रीको बैजनाथ राइस एण्ड फ्लोर मिलको पट्टा राख्ने कमानीमा कपडा बेरिएर मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार दिउँसोको बेला खेल्ने क्रममा बालिका मिलको कमानीमा बेरिएकी हुन् ।

घटनास्थलमै बालिकाको मृत्यु भएको उनले बताए । मृतक बालिकाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा ल्याइएको छ ।

मिल वडाध्यक्ष मोहनबहादुर बस्नेतको स्वामित्वको रहेको बताइएको छ । बालिकाका बुवा आमा धेरै पहिलादेखि मिलमा काम गर्दै आएको र बालिसमेतका उनीहरूसँगै बस्दै आएकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस