२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेनाले चैतमा चौथो भूतपूर्व सैनिक सम्मेलन गर्दै

अ+ अ-

काठमाडौँ । नेपाली सेनाले भूतपूर्व सैनिक तथा निवृत्तिभरणमा रहेका परिवारजनलाई लक्षित गरी चैत ९ गतेदेखि दिपायल, धनगढी, सुर्खेत र नेपालगन्जमा भूतपूर्व सैनिक सम्मेलन गर्ने भएको छ ।

नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा आयोजना हुन लागेको चौथो चरणको सम्मेलन यही चैत्र ९, १०, २० र २१ गते क्रमशः दिपायलस्थित बाहिनी अड्डा, धनगढीस्थित भवानी दल गण, सुर्खेतस्थित पश्चिम कमाण्ड र नेपालगन्जस्थित बाहिनी अड्डामा सञ्चालन हुनेछ ।

पछिल्लो समय प्रत्येक प्रधानसेनापतिले आफ्नो कार्यकालमा प्रदेशगत रूपमा कम्तीमा एक भूपू सैनिक सम्मेलन गर्ने अभ्यास हुँदै आएको छ ।

सम्मेलनमा डडेलधुरा, बाजुरा, बैतडी, अछाम, बझाङ, दार्चुला, डोटी, कैलाली, कञ्चनपुर, सुर्खेत, दैलेख, जाजरकोट, कालिकोट, जुम्ला, डोल्पा, मुगु, हुम्ला, बाँके र बर्दिया जिल्लामा बसोबास र निवृत्तिभरण बुझिरहेका भूतपूर्व सैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहेका व्यक्ति सहभागी हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

विभिन्न कामको सिलसिलामा अन्यत्र जिल्लामा रहेका व्यक्तिले नजिकको हिताधिकारी कल्याण केन्द्र र काठमाडौँ उपत्यकाको हकमा महाराजगन्जस्थित कल्याणकारी बोर्डमा नाम दर्ता गराउन सक्नेछन् ।

बोर्डले सम्मेलनमा सहभागीलाई अशक्त आश्रितलाई ह्वील चियर, बैसाखी तथा अरुलाई दैनिक तथा भ्रमण भत्तालगायतका सुविधा प्रदान गर्नेछ ।

सम्मेलनका क्रममा लघुवित्त कार्यक्रम सहुलियत कर्जाका ऋणीलाई चेक तथा उत्कृष्ट उद्यमीलाई नगद पुरस्कार प्रदान गरिने छ । बोर्डले भूपूसैनिक र उनका परिवारलाई लक्षित गरी सम्मेलनका क्रममा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस