नेप्सेको सीईओमा कार्की नियुक्त « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेप्सेको सीईओमा कार्की नियुक्त


२० माघ २०७८, बिहिबार


काठमाडौँ । कृष्णबहादुर कार्की नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) को प्रमुख कार्यकारी अधिकृत(सिइओ) मा नियुक्त भएका छन् । १७ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई सिइओ नियुक्त गर्ने निर्णय गरेको हो ।

छनोट समितिले यस अघि तीन जनाको नाम सर्ट लिस्ट मन्त्रिपरिषदमा पठाएकोमा कार्कीलाई नियुक्त गरिएको हो । ११ जनाले आवेदन दिएकोमा ५ जनाको नाम सर्ट लिस्ट गरिएको र पाँचमध्येबाट छनोट समितिले कार्की, रमेश भण्डारी र केशव श्रेष्ठको नाम सर्ट लिस्ट गरी पठाएको थियो ।

तत्कालीन सिइओ चन्द्रसिंह साउदले सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस