उदयपुरमा परराष्ट्रमन्त्रीलाई देखाए अनेरास्ववियुका विद्यार्थीहरूले कालो झण्डा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

उदयपुरमा परराष्ट्रमन्त्रीलाई देखाए अनेरास्ववियुका विद्यार्थीहरूले कालो झण्डा


२० माघ २०७८, बिहिबार


उदयपुर । परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई उदयपुरमा अनेरास्ववियुका विद्यार्थीहरूले बिहीवार बिहान कालो झण्डा देखाएका छन् ।

गाईघाट बजारबाट राजावासतर्फ जाँदै गरेका खड्कालाई मदन भण्डारी लोकमार्गको त्रियुगा हस्पिटल अघि कालो झण्डा देखाएका हुन् ।

कालो झण्डा देखाउने अनेरास्ववियुका भुवन दाहाल, मनोज तामाङसहित तीन जना विद्यार्थीलाई प्रहरी नियन्त्रणमा लिएको छ ।

परराष्ट्रमन्त्री त्रियुगा नगरपालिका–८ स्थित अम्बेरसिंह जनता माध्यमिक विद्यालय राजावासको बालबालिकाहरूलाई न्यानो कपडा र त्रियुगा नगरपालिका ९ स्थित सरस्वती गाउँमा ७२ घर परिवारमा जडान गरिएको विद्युत् उद्घाटन गर्न आउँने क्रममा कालो झण्डा देखाएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस