काबुलमा नियमित विद्युत् आपूर्तिमा समस्या, ५८० भन्दा कम्पनी बन्द हुने अवस्थामा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

काबुलमा नियमित विद्युत् आपूर्तिमा समस्या, ५८० भन्दा कम्पनी बन्द हुने अवस्थामा


२० माघ २०७८, बिहिबार


काबुल । नियमित विद्युत् आपूर्तिको कमीका कारण अफगानिस्तानको राजधानी सहर काबुलमा कम्तीमा ५८० उद्योगहरूको नियमित उत्पादन बन्द हुने अवस्थामा पुगेको बताइएको छ ।

अफगानिस्तानी उद्योग तथा खानी कक्ष (एआईएमसी) शेरबाज कामिन्जाडाले बुधबार स्पुत्निकसँग भने, ‘उद्यमहरू नियमित हुन नसक्दा करिब चार हजार ५०० कामदारहरूले आफ्नो रोजगारी गुमाउने अवस्था आएको छ ।’

राजधानी सहर काबुलमा विद्युत्को अभाव भएको गुनासोबीच मध्य एसियाली राज्यहरू उज्वेकिस्तान, कजाकिस्तान र किर्गिस्तान समावेश भएको विद्युत् प्रणालीमा पाइने प्राविधिक समस्याका कारण उज्बेकिस्तानबाट विद्युत् प्रसारण रोकिएको टोलो न्युजले बतायो ।

सन् २०२१ को नोभेम्बरमा अफगान राष्ट्रिय ऊर्जा कम्पनीले अफगानिस्तानलाई आवश्यक पर्ने ऊर्जाको मात्रा ८५० मेगावाट रहेको उल्लेख गरेको थियो । छिमेकी मुलुकहरूबाट ६२० वाट ऊर्जा उपलब्ध गराइएको स्पुतनिकले जानकारी दिए ।

यसअघि जनवरीमा उज्बेकिस्तानले अफगानिस्तानमा विद्युत् आयात घटाएको थियो । जसका कारण अफगानिस्तानका विभिन्न प्रान्तमा विद्युत् आपूर्तिमा अवरोध उत्पन्न भएको हो । जनवरी २५ मा यस क्षेत्रमा ठुलो विद्युत् अवरोध हुँदा उज्बेकिस्तानले अफगानिस्तानमा निर्यात विद्युत्लाई काटेको थियो भने यसलाई मंगलबारदेखि पुनः स्थापित गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस