फिदिम । पाँचथरको फालेलुङ गाउँपालिका–५ टुनिबोटेका ३१ वर्षीय विशाल मगरको चौरी गोठ जाने क्रममा बाटोमै मृत्यु भएको छ ।
भाइसँग आहालस्थित चौरी गोठ हिँडेको विशालको धुपिडाँडामा मुत्यु भएको हो ।
गोठ हिँडेका विशाल र विक्रम हिँउ पर्न थालेपछि घर फर्किदै थिए । लेक लागेर विशालको हातखुट्टा नचलेपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।