प्रधानमन्त्रीको विज्ञमा गजुरेल नियुक्त « प्रशासन
Logo ३ भाद्र २०७९, शुक्रबार
   

प्रधानमन्त्रीको विज्ञमा गजुरेल नियुक्त


१९ माघ २०७८, बुधबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ’मा नुवाकोटका किरण गजुरेललाई नियुक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले गजुरेललाई प्रधानमन्त्रीको भाषण, मन्तव्य तथा वक्तव्य विज्ञमा हिजो (मङ्गलबार) नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गजुरेल राजनीतिक विचार लेखन तथा प्रशिक्षणमा विशेष दखल राख्नुका साथै अनुसन्धानात्मक कार्यमा सक्रिय छन् । उनका विभिन्न अनुसन्धानात्मक कृति प्रकाशित छन् ।

यसअघि नेपाली काँग्रेसको स्थानीय तह समन्वय विभागको सदस्य रहेका गजुरेलले नेपाली काँग्रेसको १३औँ र १४औँ महाधिवेशनमा काँग्रेस सभापति देउवाको जनसम्पर्क कार्यालयमा रहेर काम गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस