श्रीलङ्गकामा देशव्यापी लकडाउन गर्न अस्वीकार, बुस्टर डोजमा खोप « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

श्रीलङ्गकामा देशव्यापी लकडाउन गर्न अस्वीकार, बुस्टर डोजमा खोप


१९ माघ २०७८, बुधबार


कोलम्बो । श्रीलङ्गकामा कोरोना भाइरसको सङ्क्रमण फैलिएको भएपनि देशव्यापी लकडाउन गर्न भने अस्वीकार गरिएको छ ।

देशका स्वास्थ्य अधिकारीहरूले अहिले लकडाउन लगाउनु उपयुक्त नहुने भन्दै खोप लगाउने अभियानलाई तीव्रता दिन सुझाव दिएका हुन् ।

कोरोना भाइरसको नयाँ भेरिएन्टको रुपमा देखिएको ओमिक्रोनको सङ्क्रमण तीव्र रुपमा फैलिएकाले देशव्यापी लकडाउन लागू गर्ने बारेमा छलफल भएको थियो ।

खोपको दोस्रो मात्रा लगाएकाहरूलाई बुस्टर डोज लगाउन पनि जोड दिइने अधिकारीहरूले जनाएका छन् ।

विज्ञ तथा सरोकारवालाको आन्तरिक संयुक्त बैठकमा अहिले लागू भइरहेका कतिपय प्रतिवन्धात्मक व्यवस्थाहरुलाई भने निरन्तरता दिनु उपयुक्त हुने सुझाव आएको थियो ।

उनीहरूले सामाजिक दुरी कायम गर्नुपर्ने, भिडभाड गर्न नहुने र मास्क अनिवार्य लगाउनुपर्ने लगायतका नियमलाई भने कडाइका साथ कार्यान्वयन गराउन आग्रह गरेका छन् ।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो औपचारिक विवरणअनुसार आइतबार र सोमबारमा एक हजार नयाँ सङ्क्रमित थपिएका छन् ।

सन् २०२० को मार्चदेखि अहिलेसम्म श्रीलङ्गकामा छ लाख ११ हजार १८५ जना कोरोना भइरसबाट सङ्क्रमित भएका छन् । तीमध्ये १५ हजार ४४१ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस