सामाजिक एवं सांस्कृतिक ऐक्यबद्धता बढाउन नेपालका चाडपर्व महत्त्वपूर्ण: सभामुख सापकोटा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सामाजिक एवं सांस्कृतिक ऐक्यबद्धता बढाउन नेपालका चाडपर्व महत्त्वपूर्ण: सभामुख सापकोटा


१९ माघ २०७८, बुधबार


काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले सामुदायिक एकत्व, आपसी हित, भ्रातृत्व र सामाजिक एवं सांस्कृतिक ऐक्यबद्धता बढाउन नेपालका चाड पर्वले महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

तामाङ समुदायको नयाँ वर्ष २८५८ एवं सोनाम ल्होसारको अवसरमा एक शुभकामना सन्देश दिँदै उनले भिन्न–भिन्न जात जातिले मनाउने पहिचानसहितका हाम्रा मौलिक चाडपर्वको संरक्षण र संवर्द्धन गर्नु हामी सबैको साझा दायित्व भएको उल्लेख गरेका छन् ।

तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने सोनाम ल्होसारको आफ्नै विशेषता र महत्त्व रहेको तथा चन्द्र पात्रोमा आधारित यो नयाँ वर्षसँगै आजदेखि बाघ वर्ष सुरु भएको छ ।

सभामुख सापकोटाले कोरोना भाइरसको महामारी कायम रहेकाले चाड पर्व मनाउँदा उच्च स्वास्थ्य सतर्कता अपनाउन सबैमा अपिल गरेका छन्।

उनले यस पर्वले शान्ति, मित्रता, सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस