राष्ट्रपति बाइडेन र कतारका अमीर बीच भेट खाडी क्षेत्रको सुरक्षाबारे छलफल « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

राष्ट्रपति बाइडेन र कतारका अमीर बीच भेट खाडी क्षेत्रको सुरक्षाबारे छलफल


१८ माघ २०७८, मंगलबार


वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार कतारका अमीर शेख तमिम बिन हमाद अल थानीसँग भेट गरेका छन् । उनीहरूले खाडी र फराकिलो मध्यपूर्व क्षेत्रमा सुरक्षा र समृद्धि प्रवर्द्धन गर्न आफ्ना आपसी चासोको विषयमा जोड दिएका छन्।

दुवै पक्षले विश्वव्यापी ऊर्जा आपूर्तिको स्थिरता, अफगानिस्तानका जनतालाई सहयोग गर्ने र व्यावसायिक र लगानी सहकार्यलाई सुदृढ गर्ने विषयमा जोड दिएको ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रपति र अमिरले बोइङ र कतार एयरवेज समूहबीचको २० अर्ब अमेरिकी डलरको सम्झौतामा हस्ताक्षर गरेकोमा स्वागत गर्नुभएको छ। जसले हजारौँ अमेरिकी उत्पादनमूलक रोजगारीहरूलाई सहयोग गर्ने अपेक्षा गरिएको छ।

संयुक्त राज्य अमेरिका र कतार बीचको रणनीतिक साझेदारीको मान्यतामा जुन विगत ५० वर्षमा गहिरो भएको छ । राष्ट्रपतिले कतारलाई प्रमुख गैर(नेटो सहयोगीको रूपमा तोक्ने आफ्नो मनसाय अमिरलाई जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस