क्यानडाका प्रधानमन्त्रीलाई कोरोना सङ्क्रमण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

क्यानडाका प्रधानमन्त्रीलाई कोरोना सङ्क्रमण


१८ माघ २०७८, मंगलबार


ओटावा । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउलाई कोरोना सङ्क्रमण भएको छ । उनले सोमबार आफूलाई कोरोना सङ्क्रमण भएको जानकारी दिएका छन्। उनले ट्विटर गरेर आफू कोभिड पोजेटिभ भएको कुरा सार्वजनिक गरेका हुन् ।

उनले भनेका छन्– मलाई कोभिड पोजेटिभ देखिएको छ, तर मेरो स्वास्थ्य अवस्था ठिक छ, म जनस्वास्थ्यका मापदण्डको पालना गरेर अर्को हप्तादेखि काममा निरन्तर रुपमा लाग्ने छु । साथै उनले सोही ट्विटरमा क्यानडाली नागरिकहरुलाई कोरोना विरुद्धको खोप लगाउन आग्रह पनि गरेका छन् ।

उनले गत हप्ता आफ्नो एक जना बच्चालाई कोभिड देखिएको र त्यसपछि आफू आइसोलेसनमा बसेर घरबाटै काम गरिरहेको जानकारी पनि ट्विटर बाटै गराएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस