एसएस फाउन्डेसनद्वारा डोटीको विद्यालयलाई झोला सहयोग « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

एसएस फाउन्डेसनद्वारा डोटीको विद्यालयलाई झोला सहयोग


१८ माघ २०७८, मंगलबार


काठमाडौँ । एसएस फाउन्डेसनले डोटीको झिमे मालिका माध्यामिक विद्यालयलाई ८०० स्कुल झोला सहयोग गरेको छ ।

डोटीको केआई सिंह गाउँपालिका–४ मा अवस्थित सो विद्यालयलाई फाउन्डेसनले सहयोग गरेको हो ।

फाउन्डेसनबाट उपलब्ध झोला राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपति शमशेर जबराले स्थानीय समाजसेवी रणबहादुर बलायरलाई हस्तान्तरण गरे ।
फाउन्डेसनका अध्यक्ष तथा वरिष्ठ कलाकार मदनदास श्रेष्ठको अगुवाइमा देशका विभिन्न स्थानमा सहयोग उपलब्ध हुँदै आएको छ । फाउन्डेसनले कोरोना भाइरसको पहिलो र दोस्रो लहरमा देशका विभिन्न स्थानमा स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।

फाउन्डेसनका अध्यक्ष श्रेष्ठले आगामी दिनमा पनि पनि देश भरी एसएस फाउन्डेसनले आपतविपतको बेला सहयोग गर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस