२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्रीद्वारा झापाको निर्माणाधीन होल्डिङ सेन्टरको निरीक्षण

अ+ अ-

झापा । मेचीनगर नगरपालिका–१४ मा एक हजार क्षमताको निर्माणधीन होल्डिङ सेन्टरको प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्थलगत निरीक्षण गरेका छन् ।

उनले निरीक्षणपश्चात् तत्काल निर्माण कार्यलाई सम्पन्न गर्न आग्रह गर्दै यसको सञ्चालनका लागि आवश्यक तयारी भइरहेको बताए । मेचीनगर नगरपालिकाकी उपप्रमख मीना पोखरेल उप्रेती र श्रीनाथ नयाँ गण चारआलीका गणपति अमरजङ्ग थापाबाट उहाँले सेन्टरबारे जानकारी लिएकी थिइन् ।

निरीक्षणमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, प्रदेशका मुख्य सचिव, प्रमुख जिल्ला अधिकारी छवि रिजाल लगायतको उपस्थिति रहेको थियो ।

निर्माण भएका सबै संरचना नगरकै सम्पत्ति हुने भएकाले होल्डिङ सेन्टरलाई नगरपालिकाले जग्गा उपलब्ध गराएको थियो । वडा कार्यालयले संरक्षण गरेको ११ बिघा जग्गामध्ये चार बिघा जग्गा नगरपालिकाले होल्डिङ सेन्टर निर्माण भइरहेको छ ।

करिब २८ करोड २६ लाख ८७ हजार ४६४ लागत बन्ने होल्डिङ सेन्टर निर्माणको ठेक्का हनुमान कन्स्ट्रक्सन ललितपुरले लिएको छ । श्री २१ नं वाहिनी अड्डा तोपगाछी ब्यारेक झापा र श्रीनाथ अनयाँ गण चारआलीले यसको रेखदेख गरिरहेको छ ।

आधुनिक र सुविधासम्पन्न होल्डिङ सेन्टरमा सङ्क्रमितहरुलाई चाहिने चिकित्सकीय उपकरणसहितको टोली तथा अक्सिजनसहितको शय्या उपलब्ध हुने बताइएको छ । भारतबाट आएका नेपाली, भारतीय नागरिक र आफन्तविहीन समेतलाई उपचारका लागि होल्डिङ सेन्टरमा राखिनेछ । होल्डिङ सेन्टरमा उनीहरुको स्वास्थ्य जाँच, खानपान र नियमित शारीरिक अभ्यास हुनेछ ।

प्रतिक्रिया दिनुहोस