बागमती प्रदेश : अर्थ तथा विकास समितिको सभापतिमा सिलवाल र शिक्षा स्वास्थ्य तथा कृषि समितिको सभापतिमा पोखरेल निर्विरोध « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

बागमती प्रदेश : अर्थ तथा विकास समितिको सभापतिमा सिलवाल र शिक्षा स्वास्थ्य तथा कृषि समितिको सभापतिमा पोखरेल निर्विरोध


१७ माघ २०७८, सोमबार


मकवानपुर । बागमती प्रदेशसभाअन्तर्गत अर्थ तथा विकास समितिको सभापतिमा नारायणबहादुर सिलवाल र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापतिमा केशवप्रसाद पोखरेल निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेशसभा सचिवालयका सह–प्रवक्ता उमेशराज सोतीका अनुसार दुवै समितिको सभापति पदको लागि आइतबार भएको मनोनयनमा एक–एक जनाको मात्रै उम्मेदवारी परेपछि उनीहरूलाई स्वतः सभापति घोषणा गरिएको हो ।

दुवै समितिको आज निर्वाचन कार्यक्रम तय भएको थियो । उम्मेदवार दुवै समितिमा उम्मेदवार एक जना मात्रै भए पनि मतदान गर्न नपर्ने भएको हो । सिलवाल र पोखरेल दुवै जना नेकपा (एमाले)को तर्फबाट उम्मेदवार बनेका थिए।

उनीहरू दुवै जना काठमाडौँ निवासी हुन् । दुवै समितिमा सत्ता गठबन्धन र अन्य दलको तर्फबाट भने उम्मेदवारी परेको थिएन । अर्थ तथा विकास समितिमा २० जना सदस्य र शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा १९ जना सदस्य रहेका रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस