ब्राजिलमा भारी वर्षा जारी, बाढी र पहिरोमा परी १८ को मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

ब्राजिलमा भारी वर्षा जारी, बाढी र पहिरोमा परी १८ को मृत्यु


१७ माघ २०७८, सोमबार


साओपाओलो । ब्राजिलमा दुई दिन यतादेखि भीषण रुपमा बाढी आएको छ । बाढी पहिरोमा परी अहिलेसम्ममा १८ जनाको ज्यान गएको बताइएको छ । यहाँको बाढीका कारण अरु पनि कैयौँ व्यक्ति विस्थापित भएका छन् । बाढीले मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म १८ पुगेको अधिकारीहरुले जनाएका छन् ।

ब्राजिलको साओपाओलो सहर सबैभन्दा बढी प्रभावित रहेको छ । सो सहरमा मात्र १८ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । साओपाओलो राज्यका गभर्नर जोयो दोरियाले भनेका छन्– हामी निकै पीडामा छौँ कि यहाँका कम्तीमा पनि १८ जना नागरिकले ज्यान गुमाएका छन्, भारी मात्रामा वर्षा जारी नै छ ।

उनले राज्यको प्रहरी र सेना तथा अरु पनि उद्धारकर्मीहरु उद्धारका लागि जुटिरहेको बताएका छन् । उनले भनेका छन्– हामी उद्धारका काममा जुटिरहेका छौँ, तर भारी वर्षाका कारणले गर्दा उद्धारको काममा पनि समस्या उत्पन्न भएको छ । करिब २० हजार नागरिक घरबाट भागेर अन्यत्रै बसेका छन् । उनीहरु बढीका कारण विस्थापित भएका बताइएको छ ।

बाढीपछि यस राज्यमा आपतकाल घोषणा गरिएको छ । अधिकांश ग्रामीण भेगमा विद्युत् सेवा अवरुद्ध भएको छ भने सडक बगाउँदा यातायात प्रभावित भएको छ । मौसमविद्हरुले वर्षाको प्रकोप अझै रहेकाले घरबाहिर ननिस्किन भनिरहेका छन् । उनीहरुले वर्षा र आँधीको पनि सम्भावना रहेको चेतावनी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस