२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ब्राजिलमा भारी वर्षा जारी, बाढी र पहिरोमा परी १८ को मृत्यु

अ+ अ-

साओपाओलो । ब्राजिलमा दुई दिन यतादेखि भीषण रुपमा बाढी आएको छ । बाढी पहिरोमा परी अहिलेसम्ममा १८ जनाको ज्यान गएको बताइएको छ । यहाँको बाढीका कारण अरु पनि कैयौँ व्यक्ति विस्थापित भएका छन् । बाढीले मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म १८ पुगेको अधिकारीहरुले जनाएका छन् ।

ब्राजिलको साओपाओलो सहर सबैभन्दा बढी प्रभावित रहेको छ । सो सहरमा मात्र १८ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । साओपाओलो राज्यका गभर्नर जोयो दोरियाले भनेका छन्– हामी निकै पीडामा छौँ कि यहाँका कम्तीमा पनि १८ जना नागरिकले ज्यान गुमाएका छन्, भारी मात्रामा वर्षा जारी नै छ ।

उनले राज्यको प्रहरी र सेना तथा अरु पनि उद्धारकर्मीहरु उद्धारका लागि जुटिरहेको बताएका छन् । उनले भनेका छन्– हामी उद्धारका काममा जुटिरहेका छौँ, तर भारी वर्षाका कारणले गर्दा उद्धारको काममा पनि समस्या उत्पन्न भएको छ । करिब २० हजार नागरिक घरबाट भागेर अन्यत्रै बसेका छन् । उनीहरु बढीका कारण विस्थापित भएका बताइएको छ ।

बाढीपछि यस राज्यमा आपतकाल घोषणा गरिएको छ । अधिकांश ग्रामीण भेगमा विद्युत् सेवा अवरुद्ध भएको छ भने सडक बगाउँदा यातायात प्रभावित भएको छ । मौसमविद्हरुले वर्षाको प्रकोप अझै रहेकाले घरबाहिर ननिस्किन भनिरहेका छन् । उनीहरुले वर्षा र आँधीको पनि सम्भावना रहेको चेतावनी दिएका छन् ।