कञ्चनपुरमा बञ्चरो प्रहार गरी बुबाको हत्या « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

कञ्चनपुरमा बञ्चरो प्रहार गरी बुबाको हत्या


१७ माघ २०७८, सोमबार


हत्या

काठमाडौँ । कञ्चनपुरमा आफ्नो पिताको हत्या गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् ।

लालझाडी गाउँपालिका–२ कञ्ज बस्ने ४२ वर्षीय कोठग्गु रानाको हत्या गरेको अभियोगमा उनकै छोरा २६ वर्षीय रामविलास रानालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

घरायसी झगडामा रामविलासले बञ्चरो प्रहार गरी कोठग्गुको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय शंकरपुर र इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस