काठमाडौँ । अनलाइन माध्यमबाट जुवा खेल्ने ७४ जना पक्राउ परेका छन् ।
आइतबार बौद्धमा रहेको एउटा रेस्टुरेन्टमा अनलाइनमार्फत जुवा खेलेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।
महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट संयुक्त रूपमा खटिएको टोलीले दोलखाका सुभाष घिसिङले सञ्चालन गरेको रेस्टुरेन्टबाट अनलाइनमार्फत जुवा खेल्ने उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ६ जना महिला र ६६ पुरुष थिए । उनीहरूको साथबाट ६ लाख १९ हजार २ सय ५० रुपैयाँ नगद पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।