इजरायलमा ओमिक्रोनको लहर विस्तारै घट्दो मात्रामा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

इजरायलमा ओमिक्रोनको लहर विस्तारै घट्दो मात्रामा


१७ माघ २०७८, सोमबार


जेरुसेलम । इजरायली प्रधानमन्त्री नाफ्टाली बेनेटले आइतबार देशले अत्यधिक सङ्क्रामक ओमिक्रोन संस्करणको लहरको अन्त्य देख्न थालेको बताएका छन् ।

बेनेटले आफ्नो मन्त्रीपरिषद्को बैठकमा भने, ‘हामी ओमिक्रोन लहर अन्त्य हुने प्रवृत्तिको सुरुवात देख्दैछौं ।’ बेनेटले सतर्कतापूर्वक आफू ओमिक्रोनलाई छिट्टै परास्त गर्नेमा आशावादी रहेको दृष्टिकोण व्यक्त गरे ।

हाल इजरायलले अस्पतालहरूमा भीड नभएको तर धेरै सङ्क्रमित मानिसहरूको सामना गरिरहेको उनले बताए ।

इजरायली स्वास्थ्य मन्त्रालयले आइतबार बिहान जारी गरेको रिपोर्टमा कोरोनाभाइरस सङ्क्रमण दर महिनौपछि पहिलो पटक एक प्रतिशतभन्दा कम भएको उल्लेख गरिएको छ ।

रिपोर्टअनुसार यो भाइरसबाट संक्रमित हुने अनुमान गरिएका मानिसहरूको संख्याको प्रतिनिधित्व गर्ने दर (आर नम्बर) जनवरीको मध्यतिर २.१२ पुगेको थियो भने यो आइतबार ०।९५ कायम भएको छ । मन्त्रालयले पछिल्लो २४ घण्टामा ४५ हजार २५८ नयाँ कोरोनभाइरस सङ्क्रमित भेटिएको पुष्टि गरेको छ ।

कूल ९४ लाख ५० जनसंख्या रहेको मुलुकमा अहिलेसम्म २७ लाख ५५ हजार जनामा कोभिड सङ्क्रमण भएको इजरायलको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

इजरायलमा भाइरसका कारण मृत्यु हुनेको संख्यामा थप एक वृद्धि हुँदा कूल मृत्यु हुनेको सङ्ख्या आठ हजार ६५८ पुगेको छ भने गम्भीर अवस्थामा रहेका कोभिड–१९ बिरामीको संख्या एक हजार १० पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस