२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक करोड ५० लाखका मदिरासहित चार जना पक्राउ

अ+ अ-

काठमाडौँ । महानगरीय अपराध महाशाखाको टोलीले भन्सार छलेर ल्याइएको एक करोड ५० लाख मूल्यका मदिरासहित चारजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्सा घर भई हाल काठमाडौँको कपन बस्ने वर्ष ३९ वर्षीय सन्तोषचन्द्र बख्रेल काठमाडौँ कागेश्वरी मनहरा बस्ने वर्ष ३० वर्षीय शैलेश पन्त, पर्सा सुवर्णपुर घर भई हाल काठमाडौँको हाँडीगाउँ बस्ने वर्ष २८ वर्षीय रबिन पाख्रिन र सर्लाही घर भई हाल चावहिल बस्ने ३८ वर्षीय नारायणप्रसाद घिमिरे रहेका छन् ।

बख्रेलसमेतका व्यक्तिहरूले महँगो मूल्यका मदिरा (रेड लेबल, ब्ल्याक लेबल, अब्सुलुट भोड्का, चिभार रिगललगायतका) भारतबाट चोरी–पैठारी गरी नेपाल ल्याई कारोबार गर्ने गरेको भन्ने सूचनाका आधारमा ‘अपरेस लिमा’ सञ्चालन गरी प्रहरीले ठूलो परिमाणको अवैध मदिरासमेत बरामद गर्न सफल भएको छ ।

अघिल्लो हप्ता प्राप्त विशेष सूचनाका आधारमा खोजतलासमा निस्किएको महानगरीय अपराध महाशाखाको टोलीले यही १४ गते उपत्यकाका रामकोट, बानेश्वर, कपनलगायत विभिन्न स्थानहरूबाट २९६ कार्टुन मदिरा बदारम गरेको थियो ।

यसको बजार मूल्य एक करोड ५० लाख रहेको जनाइएको छ । आवश्यक अनुसन्धानपछि थप अनुसन्धान तथा कारबाहीको हिजो राजस्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुर पठाएको महाशाखाले जनाएको छ ।

रबि भन्ने भारतीय नागरिक र सन्तोषचन्द्र बख्रेलको योजनामा भारतबाट राजस्व छली गरी विभिन्न ब्रान्डका मदिरा बिक्री हुने गरेको अनुसन्धानमा खुलेको छ ।

बख्रेलले तीन महिनाअघि पहिलोपटक १६० कार्टुन, दोस्रोपटक २०० कार्टुन र तेस्रोपटक ३०० कार्टुन ब्ल्याक लेबल, रेड लेबल, चिभास रिगल र एब्सुलेट भोड्का ल्याई गैरकानुनी रुपमा बिक्री वितरण अनुसन्धानमा खुलेको महाशाखाप्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।

बख्रेलले बजारमा बिक्री वितरण गर्न इन्फिनिटी लिक्योर, मूलपानीका सञ्चालक शैलेश पन्तसँग मिलेर काम गर्दै आएको र नारायणप्रसाद घिमिरेले उक्त ब्रान्डका मदिरा डिउटी फ्रीको हो भनी ग्राहकलाई विश्वास दिलाई बिक्री गर्दै आएका थिए ।

उक्त राजस्व छलीका मदिरा विशेषतः पार्टी प्यालेसमा बिक्री वितरण गर्ने पाइएको महाशाखाले हिजो एक विज्ञप्ति जारी गरी जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस