कोरोना सङ्क्रमितको एकिन विवरण पठाउन प्रयोगशालाहरुलाई स्वास्थ्य मन्त्रालयको आग्रह « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोरोना सङ्क्रमितको एकिन विवरण पठाउन प्रयोगशालाहरुलाई स्वास्थ्य मन्त्रालयको आग्रह


१६ माघ २०७८, आइतबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न प्रयोगशालाहरुलाई कोरोना सङ्क्रमितहरूको एकिन विवरण पठाउन अनुरोध गरेको छ ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै ओमिक्रोन भेरिएन्ट सहित कोभिड–१९ सङ्क्रमण बढिरहेकोले यसको व्यवस्थापनका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट सूचीकृत किटहरु प्रयोग गरी परीक्षण गरिएको नतिजाको सम्पूर्ण विवरण सरकारी निकायहरुलाई दिन भनेको हो ।

मन्त्रालयले विवरण पठाउनका लागि आवश्यक ढाँचासहितको पत्र प्रयोगशालाहरुलाई पठाएको छ ।

जानकारी नगराएका सङ्घ, संस्था, निकाय, नियोगहरुले परीक्षणको नतिजा [email protected] मा इमेल तथा कल सेन्टरको निः शुल्क नम्बरमा पनि पठाउन मन्त्रालयले अपिल गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस