बालकुमारी मन्दिरको मूर्तिबारे सुराक दिनेलाई ५ लाख पुरस्कार « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बालकुमारी मन्दिरको मूर्तिबारे सुराक दिनेलाई ५ लाख पुरस्कार


१६ माघ २०७८, आइतबार


काठमाडौँ। ललितपुरको सुनाकोठीबाट चोरी भएको बालकुमारी मन्दिरको मूर्तिबारे सूचना दिनेलाई ५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिएको छ ।

बालकुमारी भवानी गुठीले सूचना जारी गर्दै हराएको मूर्तिबारे सूचना दिनेलाई पाँच लाख रुपैयाँ कम नहुने गरी पुरस्कार दिने घोषणा गरेको हो ।

पित्तलबाट बनाइएको दुई फिट अग्लो र डेढ फिट चौडाइको पुरानो मूर्ति ८ माघमा चोरी भएको थियो । मन्दिरका पुजारीहरुले बिहान चार बजे नित्य पूजा गर्न जाँदा मूर्ति नदेखेपछि स्थानीय जनप्रतिनिधिहरुलाई खबर गरेका थिए, त्यसपछि प्रहरीलाई जानकारी गराइएको थियो ।

गुठीले जारी गरेको विज्ञप्तिमा ‘सूचना उपलब्ध गराउने व्यक्ति वा संस्थाको परिचय गोप्य राखिने’ पनि भनिएको छ । मूर्तिबारे कुनै सूचना भए मोबाइल नम्बर ९८८१२१७७८६ मा सम्पर्क गर्न भनिएको छ ।

प्रहरी घटनाको अनुसन्धानका लागि प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक भारतीको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान टोली नै बनाएर मूर्तिको खोजी गरिरहेको छ ।

सम्बन्धित समाचार : ललितपुरको बालकुमारी मन्दिरको मूर्ति चोरी

Tags :
प्रतिक्रिया दिनुहोस