ललितपुरको बालकुमारी मन्दिरको मूर्ति चोरी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

ललितपुरको बालकुमारी मन्दिरको मूर्ति चोरी


९ माघ २०७८, आइतबार


काठमाडौँ । ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट मूर्ति चोरी भएको छ ।

पित्तलबाट बनाइएको दुई फिट अग्लो र डेढ फिट चौडाइको पुरानो मूर्ति गएराति चोरिएको हो ।

मन्दिरका पुजारी आज बिहान चार बजे नित्य पूजा गर्न जाँदा मूर्ति नदेखेपछि स्थानीय जनप्रतिनिधिहरुलाई खबर गरेका थिए । त्यसपछि प्रहरीलाई जानकारी गराइएको थियो ।

प्रहरीले मूर्ति चोरी भएको जानकारी पाएलगत्तै खोजीकार्य जारी राखिएको छ ।

स्थानीयका अनुसार मन्दिरभित्र प्रवेश गर्न चारवटा गेट क्रस गर्नुपर्छ, त्यहाँ नौवटा ताला लगाइएका हुन्थे । ती सबै ताला फोडेर मूर्ति चोरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस