सेयर बजारमा हरियाली, साढे २ घण्टामै ८० अङ्कले बढ्यो नेप्से « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

सेयर बजारमा हरियाली, साढे २ घण्टामै ८० अङ्कले बढ्यो नेप्से


१६ माघ २०७८, आइतबार


काठमाडौँ । साताको पहिलो दिनको कारोबारको साढे २ घण्टामा नै नेप्से ८० अङ्कले बढेको छ ।

पछिल्ला दिन लगातार घटिरहेको सेयर बजार २.८८ प्रतिशतले वृद्धि हुँदा २८६० अङ्कमा पुगेको हो ।

नेपाल लघुवित्तिय संस्था, नेपाल इन्फ्राइन्टक्चर बैङ्क, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड, लिवर्टी इनर्जी कम्पनी लिमिटेड, शिभश्री हाइड्रो पावर कम्पनीलगायतले आजको बजारमा हरियाली ल्याउन सहयोग गरेका छन् ।

बजार खुलेसँगै कुमारी इक्वीटी फन्ट, निफ्रा, पोखरा फाइनान्स, एचआइडिसिएल, लुम्बिनी जेनरल इन्सुरेन्स लगायतको माग बढेको छ ।

चुनावताका सेयर बजार सुधार हुने विगतको अनुभव सुनाउँदै सरकार स्थानीय निर्वाचन जेठमा गर्न तयार भएसँगै नेप्से बढेको केही विश्लेषक बताउँछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस