सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको मृत्यु


१६ माघ २०७८, आइतबार


धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कैलालीको गौरीगंगा नगरपालिकाकी ६५ वर्षीया संक्रमित महिलाको मृत्यु भएको हो ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीकाअनुसार शनिबारदेखि अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेकोमा आइतबार बिहान ७ बजेतिर उनको मृत्यु भएको हो ।

मृतकको शव व्यवस्थापनको लागि तयारी भइरहेको अस्पतालले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस