२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विकासे खाल्डाखुल्डीमा सावधानी अपनाउन आग्रह

अ+ अ-

चितवन । भरतपुर महानगरले विकास निर्माणका काम गर्दागर्दै सिर्जना हुने खाल्डाखुल्डीमा सावधानी अपनाउन आग्रह गरेको छ । महानगरले विकासका काम तीव्र गतिमा भइरहेको जनाउँदै त्यस क्रममा दुर्घटना हुन सक्नेतर्फ सचेत गराएको हो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत रामबन्दु सुवेदीले भौतिक पूर्वाधारका काम गर्नका लागि खनिएका खाल्डाखुल्डीमा दुर्घटना हुनसक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको बताए। सार्वजनिक स्थानमा विकास निर्माणका क्रममा खनिएका खाल्डाखुल्डीमा परी जुनसुकै बेला दुर्घटना हुने सम्भावना रहेको उनको भनाइ छ ।

विकास निर्माण स्थलमा सवारीसाधनको आवतजावत, पैदलयात्रीलगायत बालबालिकाले हिँडडुल गर्दा विशेष सावधानी अपनाउन महानगरवासी, टोल विकास संस्थालगायत निर्माणकार्यसँग सम्बन्ध राख्ने सबैलाई आग्रह गरिएको छ ।

निर्माण व्यवसायीले काम गर्दा सुरक्षाका उपाय अपनाउन, खाल्डाखुल्डी शीघ्ररूपमा पुर्न, सूचना/सावधानी बोर्ड अनिवार्य राख्न, अँध्यारो स्थानमा उज्यालोको व्यवस्था गर्न, आपसी समन्वयन गरेर प्रचलित कानुनी प्रावधानको पालना गरी दुर्घटना कम हुने गरी काम गर्न महानगरले आग्रह गरेको छ ।

भरतपुर महानगरपालिका–१२ स्थित निर्माणाधीन नालीमा खसेर एक जनाको मृत्यु भएको छ भने वडा नं ९ को गोन्द्राङमा हालै निर्माणाधीन सडकको नालीमा फसेर एकसिँगे गैँडा मरेको थियो ।

प्रतिक्रिया दिनुहोस