आगो ताप्ने क्रममा गर्भवती महिला जलेर घाइते « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

आगो ताप्ने क्रममा गर्भवती महिला जलेर घाइते


१६ माघ २०७८, आइतबार


मलङ्गवा । सर्लाहीको विष्णु गाउँपालिका–७ का प्रतिमा देवी राय आगो ताप्ने क्रममा गम्भीर घाइते भएकी छिन ।

परालको आगो ताप्ने क्रममा उनको शरीरमा गए राति आगो लागेको थियो ।

उनी गर्भवतीसमेत रहेकी बताइएको छ । कम्मरभन्दा मुनि दुवै खुट्टा जली घाइते भएकी उनको जिल्ला अस्पताल मलङ्गवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस