उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना


१६ माघ २०७८, आइतबार


काठमाडौँ । देशका केही भु–भागमा आज पनि हिमपात हुने भएको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागले आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । तराईका भू–भागमा हुसु र कुहिरो लागेको जनाएको छ ।

आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

आज राति प्रदेश १, वाग्मती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशको उच्च पहाडी भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न विभागले आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस