सत्ता गठबन्धनको बैठक ९ बजे बस्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सत्ता गठबन्धनको बैठक ९ बजे बस्दै


१५ माघ २०७८, शनिबार


काठमाडौँ । आज सत्ता गठबन्धनको बैठक बस्दैछ । बैठक शनिबार (आज) बिहान ९ बजे बोलाइएको हो ।

निर्वाचन आयोगले वैशाखमै निर्वाचन गर्ने मिति तोक्न पटकपटक राय दिँदा पनि सत्ता गठबन्धनमा सहमति नजुट्दा घोषणा हुन सकेको छैन ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच स्थानीय तहको निर्वाचनको मिति र ऐन संशोधनलगायत विषयमा छलफल भएको थियो ।

काँग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकमा महामन्त्री गगन थापाले स्थानीय तहको चुनावलाई लिएर गठबन्धनले अघि सारेको विकल्प संविधानसम्मत नभएको बताइसकेका छन् ।

तर, माओवादी केन्द्र र एकीकृत समाजवादी भने पहिले संघको निर्वाचन र त्यसपछि स्थानीय तहको निर्वाचन चाहन्छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस