२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वडा सचिवसहित तीन कर्मचारीविरुद्ध ५३ लाखको भ्रष्टाचार मुद्दा

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५३ लाख भ्रष्टाचार गरेको आरोपमा एक वडा सचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका–२ को वडा कार्यालयबाट ५३ लाख रुपैयाँ गायब पारिएको घटनामा वडा अध्यक्ष ध्रुवप्रसाद मिश्रले उन्मुक्ति पाएका छन् भने आयोगले शुक्रवार विशेष अदालतमा पञ्चकन्या गाउँपालिका–२ का वडा सचिव सरिता राउत, कार्यालय सहायक रामकुमार गिरी र कार्यालय सहयोगी निल प्रसाद मिश्रविरुद्ध मुद्दा दायर गरेको हो ।

गत चैत २४ गते रातको समयमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न भनी ल्याएको रकम र विभिन्न शीर्षकबाट उठेको राजस्व रकम सो वडा कार्यालयबाट शङ्कास्पद रूपमा हराएको थियो । उक्त घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरी पाउँ भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसबारे छानबिन गरेको थियो । आयोगका अनुसार वडा सचिव सरिता राउतले र कार्यालय सहायक रामकुमार गिरीले रकम बैङ्कबाट लिएर आएको र सो रकमलाई वडा सचिव राउत, कार्यालय सहायक गिरी र कार्यालय सहयोगी मिश्रको रोहवरमा कार्यालयकै दराजमा राखिएको पाइएको अख्तियारले जनाएको छ ।

दराजको सेफको चाबी सरिता राउत र रामकुमार गिरीसँग रहेको एवं ढोकाको चाबी निल प्रसाद मिश्रले बोकेको साथै घटनापश्चात् कुनै पनि चाबी लगाएको ठाउँमा तोडफोड भएको नदेखिएको, सुरक्षा निकायलाई जानकारी नगराएको साथै सुरक्षाको लागि समन्वयसमेत नगरेको देखिएको आयोगको भनाइ छ ।

उनीहरूले वडा कार्यालयमा रकम राखी घर गएको तर, भोलिपल्ट सो रकम कार्यालयको दराजबाट गायब भएको हुँदा सचिव सरिता राउत, कार्यालय सहायक रामकुमार गिरी र कार्यालय सहयोगी निल प्रसाद मिश्रले नेपाल सरकारको सम्पत्तिको बदनियत गरी हानी नोक्सानी गरेको ठहरसहित आयोगले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।

आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा ५३ लाख एक हजार आठ सय ५६ रुपैयाँ बिगो कायम गरी उक्त रकम तीनै जनाबाट असुल उपर गराउन तथा कानुन अनुसार थप सजाय माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस