२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उड्डयन प्राधिकरणले १ अर्ब ८१ करोड रुपैयाँ बक्यौता उठाउन बाँकी

अ+ अ-

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले १ अर्ब ८१ करोडभन्दा बढी रकम बक्यौता उठाउन बाँकी रहेको बताएको छ ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले गठन गरेको उपसमितिले उक्त रकम उठाउन बाँकी रहेको जनाएको हो ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिले काँग्रेसका सांसद दिव्यमणी राजभण्डारीको संयोजकत्वमा नागरिक उड्डयनसम्बन्धी समस्या र समाधान उपसमिति गठन गरेको थियो ।

उक्त उपसमितिले नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुर लगायतका पदाधिकारीसँग छलफल गरेको थियो । उपसमितिको माघ १२ गतेको निर्णय आज (शुक्रबार) सार्वजनिक गरिएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको बक्यौता रकम सम्बन्धमा छलफल हुँदा प्राधिकरणले २०७८ माघ १० गतेसम्म स्वदेशी तथा विदेशी विभिन्न संघसंस्थाहरूसँग १ अर्ब ८१ करोड ७५ लाख ८८ हजार ५ सय ७९ रुपैयाँ २८ पैसा बक्यौता रकम उठाउन बाँकी रहेको व्यहोरा प्रस्तुत भयो, उपसमितिको निर्णयमा भनिएको छ । बक्यौता रकम उठाउनका लागि प्राधिकरणलाई आगामी कार्ययोजना उपसमितिमा पेस गर्न भनिएको छ ।

उपसमितिले कोभिड-१९ को समयमा चार्टर्ड उठानमा भएको अनियमितता सम्बन्धमा छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको समितिले पेस गरेको छानबिन प्रतिवेदन उपसमिति समक्ष पेस गर्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस