हुम्लामा बुस्टर खोप अभाव « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

हुम्लामा बुस्टर खोप अभाव


१४ माघ २०७८, शुक्रबार


हुम्ला । हुम्लामा कोरोना भाइरसविरुद्धको बुस्टर खोपको अभाव भएको छ ।

खोप नहुँदा अहिलेसम्म एक जनाले पनि बुस्टर डोज लगाएका छैनन् । जिल्ला स्वास्थ्य सेवा कार्यालयका अनुसार जिल्लाभरि २७ हजार ६ सय ९० जनाले पहिलो डोज र १४ हजार ५७ जनाले दोस्रो डोज लगाइसकेका छन् ।

खोपको बुस्टर मात्रा नआउँदा खोप अभियान नै प्रभावित भएको स्वास्थ्य सेवा प्रमुख प्रेमबहादुर सिंहले बताए । ‘खोप अभियान सुरु गर्न केन्द्रको निर्देशन आएको छ,’ उनले भने, ‘तर खोप नै नभएपछि अभियान सञ्चालन गरेका छैनौँ ।’ जिल्लाभरिका स्वास्थ्य संस्थामा बुस्टर मात्रा लगाउन स्वास्थ्यकर्मी तयारी अवस्थामा राखिएको उनले जानकारी दिए ।

पहिलो र दोस्रो मात्राको खोप लगाएका ६० वर्षमाथिका ज्येष्ठ नागरिक तथा कोरोनाविरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि र सञ्चारकर्मीलाई बुस्टर लगाउन सङ्घीय सरकारसँग ५ हजार डोज खोप मागिएको कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस