२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिमाली क्षेत्रमा भारी हिमपात : हिउँ पगालेर पानी खान बाध्य

अ+ अ-

दार्चुला । जिल्लाको हिमाली क्षेत्रमा दुई दिन भारी हिमपात भएको छ । बाक्लो हिमपातपछि जनजीवन कष्टकर बनेको छ ।

व्यासको छाङ्गरुमा रहेका सुरक्षाकर्मीले हिमपातका कारण कष्टकर जीवन बिताउनुपरेको छ । एक सुरक्षाकर्मीले कष्टकर जीवन बिताउनुपरेको बताएका छन् ।

‘सशस्त्र प्रहरी गुल्म बाहिर निस्कन सकिने अवस्था छैन’, ती सुरक्षाकर्मीले भने, ‘हिउँ पग्लाएर पानी खाएर बसेका छौँ, पानी भर्न जान पनि दुई फिट बढी हिउँ जमेको छ, पानीको पाइप पुरै बरफ बनेको छ, पानी खाने विकल्प नभएपछि हिउँ पग्लाएर पानी बनाउँदै पिउँछौँ ।’

चिसो अत्यधिक बढेका कारण बिहानदेखि रातिसम्म आगो तापेर दैनिकी बिताउनुपरेको छ । अहिले यो क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र गाउँमा एक जना चौकीदारमात्रै छन् । पहिल्यैकै हिउँ पग्लिएको थिएन, थप हिउँ परेपछि जाडो ह्वात्तै बढेको छ ।

गाउँसम्मै बाक्लो हिमपात भएपछि चारैतिर सेताम्य भएको छ । अहिले सशस्त्र बसेको गागाबाट छाङ्गरुसम्म जानै मुस्किलको अवस्था आएको बताइएको छ । यस क्षेत्रमा गत वर्षदेखि सशस्त्र प्रहरी बार्हैमास बस्न थालेको हो । गत वर्ष पनि यो क्षेत्रमा सशस्त्र प्रहरीले हिउँ पग्लाएरै पानीको प्रयोग गर्नुपरेको थियो ।

जिल्लाको अपिहिमाल, नौगाड, मार्मा, दुहूँ, व्यास र मालिकार्जुन गाउँपालिकाको उच्च भू–भागमा भारी हिमपात भएको छ । राष्ट्रकै सातौँ धाम मालिकार्जुनमा लामो समयपछि भारी हिमपात भएको छ ।

मालिकार्जुनको मन्दिर क्षेत्रमा परेको हिउँको फोटो अधिकांशले सामाजिक सञ्जालमा शेयर गरेका छन् । स्थानीय गणेशसिंह धामीका अनुसार मालिकार्जुन क्षेत्रको सडक तथा मन्दिर क्षेत्र वरपर हिउँ जमेको छ ।

यस्तै नौगाड क्षेत्रमा पनि भारी हिमपात भएको छ । नौगाडको सिप्टी, इयरकोट, दल्लेखलगायतका क्षेत्रमा भारी हिमपात भएको सन्तोषसिंह ठगुन्नाले बताए । हिमपातका कारण अहिले यो क्षेत्रको सडकमा गाडी चलाउनसमेत समस्या भएको छ । सडक हिलाम्ये र चिप्लो भएको छ ।

अपिहिमाल गाउँपालिकाको खण्डेश्वरी बजार क्षेत्रसम्म भारी हिमपात भएको छ । हिउँका कारण विद्यालय ढाकिएका छन् । खण्डेश्वरीभन्दा माथिल्लो बस्तीमा एक फिट बढी हिउँ जमेको स्थानीयवासी पोखरसिंह रोकायाले जानकारी दिए । यस क्षेत्रमा स्थानीयवासीलाई घर बाहिर निस्कनसमेत समस्या भएको छ । स्थानीयवासीले हिउँ पग्लाएर पानी खानुपर्ने अवस्था आएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस