दक्षिण अफ्रिकामा उष्ण कटिबन्धीय आँधी आनाबाट ७० जनाको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

दक्षिण अफ्रिकामा उष्ण कटिबन्धीय आँधी आनाबाट ७० जनाको मृत्यु


१४ माघ २०७८, शुक्रबार


अन्टानानारिभो । दक्षिण अफ्रिकी तीन मुलुकमा आएको आँधीका कारण मृत्यु हुनेको सङ्ख्या बिहीबार ७० पुगेको छ ।

मुसलधारे वर्षाले गर्दा उष्ण कटिबन्धीय आँधी आना सोमबार मोजाम्बिक र मलावीमा अवतरण हुनु पहिले मदागास्करमा आएको थियो ।

तीन देशका उद्धारकर्मी तथा अधिकारीहरूले अझै पनि क्षतिको पूर्ण मूल्याङ्कन गर्न कठिनाइ भइरहेको बताएका छन् ।

यो आँधीका कारण मदागास्करले ४१ जनाको मृत्यु भएको जनाएको छ भने १८ जनाको मोजाम्बिक नागरिक रहेका छन् । त्यस्तै आँधीका कारण मलावीमा ११ जनाको मृत्यु भएको छ ।

जिम्बाबेमा आएको आँधीका प्रभावहरू बिस्तारै हट्दै गएका छन् । त्यहाँ कोही मृत्यु भएको खबर आएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस