१९ जिल्लामा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित « प्रशासन
Logo ८ जेष्ठ २०७९, आइतबार
   

१९ जिल्लामा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित


१३ माघ २०७८, बिहिबार


काठमाडौँ । देशभरका १९ जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय नाघेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मोरङ ,सुनसरी ,झापा ,धनुषा ,सप्तरी ,काठमाडौँ ,ललितपुर ,भक्तपुर,चितवन ,मकवानपुर, काभ्रेपलान्चोक ,नुवाकोट , कास्की ,नवलपरासी पूर्व ,तनहुँ ,बाँके ,रुपन्देही ,दाङ र कैलालीमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय नाघेको हो ।

त्यस्तै दुई सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा पर्सा, बारा, महोत्तरी, सर्लाही, सिरहा, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, दोलखा, गोरखा, स्याङ्जा, बागलुङ, पाल्पा, गुल्मी, बर्दिया, सुर्खेत र कञ्चनपुर छन् । नेपालमा हाल कुनै पनि जिल्लामा शून्य सङ्क्रमित नरहेको मन्त्रालयले जनाएको छ ।

उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा ३८ हजार ८५९, ललितपुर १० हजार ३९० र भक्तपुरमा पाँच हजार ६१४ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

यसैगरी देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ९० हजार ५७६ पुगेको छ । हाल भेन्टिलेटरमा ४९ र आईसीयूमा २५७ सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । होम आइसोलेसनमा ८८ हजार ६४२, संस्थागत आइसोलेसनमा एक हजार ९३४ र क्वारेन्टिनमा १४९ जना रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस