बैङ्किङ कसुरमा दोषी ठहरिएका एक जना व्यक्ति पक्राउ « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

बैङ्किङ कसुरमा दोषी ठहरिएका एक जना व्यक्ति पक्राउ


१३ माघ २०७८, बिहिबार


काठमाडौँ । बैङ्किङ कसुरमा दोषी ठहरिएका एक व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ ।

नुवाकोटको शिवपुरी गाउँपालिका-८ स्थायी घर भएका ४० वर्षीय लबराज ओली पक्राउ परेका हुन् ।

उच्च अदालत पाटनले २०७७ फागुन २३ गते ओलीलाई चार दिन कैद र ९ लाख ६३ हजार जरिवाना गर्ने फैसला गरेको थियो ।

ओलीले २०७६ वैशाख ४ गते आफ्नो नाममा रहेको ज्योति विकास बैङ्कको खाताको चेक दिए पनि पर्याप्त रकम नभएको भन्दै भुक्तान नभएपछि पीडितले कानुनी उपचार खोजेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस