धरानमा २ जना कोरोना संक्रमितको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

धरानमा २ जना कोरोना संक्रमितको मृत्यु


१३ माघ २०७८, बिहिबार


काठमाडौँ। धरानमा दुई जना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ ।

मृत्‍यु हुनेमा सुनसरीको धरान नगरपालिका–११ का ४५ वर्षीय पुरूष र धरान नगरपालिका–१५का ७२ वर्षीय पुरूष रहेका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार ४५ वर्षीय पुरूषको बुधबार राती ८स् ४० बजे र ७२ वर्षीय पुरूषको बिहीबार बिहान ७स्४० बजे मृत्‍यु भएको हो ।

प्रतिष्ठानका अनुसार ४५ वर्षीय पुरूषलाई माघ ६ गते र ७२ वर्षीय पुरूषलाई माघ ९ गते कोरोना पुष्टि भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस