अफगानिस्तानमा तत्कालै ३६ अर्ब अमेरिकी डलर बराबरको मानवीय सहायता आवश्यक रहेको संयुक्त राष्ट्रसङ्घको भनाई « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

अफगानिस्तानमा तत्कालै ३६ अर्ब अमेरिकी डलर बराबरको मानवीय सहायता आवश्यक रहेको संयुक्त राष्ट्रसङ्घको भनाई


१३ माघ २०७८, बिहिबार


संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानमा अहिले तत्कालै करिब ३६ अर्ब अमेरिकी डलर बराबरको मानवीय सहयताको खाँचो रहेको जनाएको छ ।

हाल संयुक्त राष्ट्रसङ्घको समूहले अफगानिस्तानमा मानवीय सहयता वितरणको कार्य सुरु गरेको छ र त्यसका लागि कम्तीमा पनि ३६ अर्ब अमेरिकी डलर बराबरको सहायताको खाँचो रहेको आँकलन गरेको हो ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफन डुजाकिरकका अनुसार हाल अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घको एक समूहले मानवीय सहयताको वितरण गरिरहेको छ ।

यो सहयोग अहिले अरु केही नभएर मानिसहरुका लागि आधारभूत खाद्यान्न, उनीहरुलाई न्यानो कपडा र आधारभूत औषधिमुलोहरु रहेको बताइएको छ ।

यही जनवरीको सुरुमा संयुक्त राष्ट्रसङ्घले यस वर्षका लागि कम्तीमा पनि ४४ अर्ब अमेरिकी डलर बराबरको मानवीय सहायता वितरण गर्नुपर्ने योजना बनाएको थियो ।

त्यसबाट नै अहिले तत्कालै कम्तीमा ३६ अर्ब अमेरिकी डलर बराबरको सहायताको खाँचो परेको हाल अफगानिस्तानमा सहयोग वितरण गरिरहेको संयुक्त राष्ट्रसङ्घको समूहले जनाएको हो ।

यहाँ तालिबानहरुको शासन सुरु भएपछि वैदेशिक सहायता आएको छैन । जसका कारण यहाँका नागरिक आधारभूत खाना, औषधि तथा न्यानो कपडाबाट पनि वञ्चित हुन पुगेका बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस