दक्षिण सुडानमा जातीय दङ्गामा परी ३२ जनाको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

दक्षिण सुडानमा जातीय दङ्गामा परी ३२ जनाको मृत्यु


१२ माघ २०७८, बुधबार


जुबा । दक्षिण सुडानको जान्गेली राज्यमा भएको दुई जातिबीचको दङ्गामा परी कम्तीमा पनि ३२ जनाको ज्यान गएको छ ।

उक्त राज्यको प्रहरीले सो जानकारी दिएको हो । सो राज्यको प्रहरीका अनुसार छिमेकी राज्य पिबोरबाट एक समूहका नागरिकले हमला गरेका थिए ।

सो हमलामा परेर ३२ जनाको ज्यान गएको र अरु कैयौँ घाइते भएका थिए । यी दुई राज्यमा यहाँका स्थानीय जातीय समुदायबीचमा समय समयमा हुने हिंसामा परी कैयौँ मानिसको ज्यान जाने गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस