सुदूरपश्चिमका पाँच जिल्लामा क्रिकेट सङ्घको नयाँ नेतृत्व « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सुदूरपश्चिमका पाँच जिल्लामा क्रिकेट सङ्घको नयाँ नेतृत्व


१२ माघ २०७८, बुधबार


बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा क्रिकेट सङ्घको अधिवेशन सम्पन्न भएको छ ।

हालै सम्पन्न अधिवेशनबाट पाँचवटै जिल्लामा नयाँ नेतृत्व चयन भएको छ ।

अधिवेशनले बैतडीमा विनोदबहादुर चन्द, बझाङमा पवीन्द्रबहादुर धामी, डडेल्धुरामा हरिप्रसाद उप्रेती, कञ्चनपुरमा वीरेन्द्रबहादुर चन्द र अछाममा अनिल कुँवरको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको हो ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टका अनुसार अधिवेशन सम्पन्न सबै जिल्लामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको हो ।

नयाँ कार्यसमितिको कार्यकाल आगामी चार वर्षका लागि हुने बताइएको छ । नेपाल क्रिकेट सङ्घ क्यानमा आबद्ध यस प्रदेशका कैलाली, डोटी र दार्चुलामा अर्को वर्ष अधिवेशन हुनेछ ।

नेपाल क्रिकेट सङ्घमा देशभरिबाट ३५ जिल्ला आबद्ध रहेको र तीमध्ये २० जिल्लाको म्याद सकिएकाले नयाँ नेतृत्व चयन गरेको तथा बाँकी १५ जिल्लामा अर्को वर्ष अधिवेशन हुने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस