मास्क नलगाई हिँड्नेलाई जरिवाना « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मास्क नलगाई हिँड्नेलाई जरिवाना


१२ माघ २०७८, बुधबार


बाग्मती । मकवानपुर जिल्लाका सार्वजनिकस्थलमा मास्क नलगाई हिँड्डुल गर्नेलाई जरिवाना गराउन थालिएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले विभिन्न स्थानबाट मास्क नलगाउने ६० जनालाई १०० का दरले जरिवाना गरेको हो ।

कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले मास्क नलगाइ हिँड्डुल गर्नेलाई कारबाही गरिएको जानकारी दिए ।

उनले पटकपटक सचेत गराउँदासमेत आदेशको पालना नगरेकाले कारबाहीस्वरुप जरिवाना गरिएको बताए । उनीहरुलाई कोभिड–१९ सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० बमोजिम जरिवाना गराइएको हो ।

यही माघ ९ गते बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जिल्लाको सार्वजनिकस्थलमा मास्क नलगाई हिँड्डुल गर्नेलाई जरिवाना गर्ने निर्णय गरेको थियो ।

साथै प्रहरीले हेटौँडामा मास्क वितरण गर्नुका साथै सङ्क्रमणबाट सचेत रहन आग्रह गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस