सिके राउत नेतृत्वका कार्यकर्ताद्धारा मेयर सवार गाडीमाथि तोडफोड « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

सिके राउत नेतृत्वका कार्यकर्ताद्धारा मेयर सवार गाडीमाथि तोडफोड


१२ माघ २०७८, बुधबार


जनकपुरधाम । सिके राउत नेतृत्वका कार्यकर्ताहरुले सर्लाहीको हरिवन नगरपालिकाका मेयर सवार गाडी जनकपुरमा तोडफोड गरेका छन् ।

सो क्रममा मेयर गणेश प्रसाईं घाइते भएका छन् । गाडीमा मेयर गणेश प्रसाईं र उपमेयर रेनुका पौडेल थिए । उनीहरु राष्ट्रिय सभा निर्वाचनमा मत हाल्न जनकपुरधाम आउँदै थिए ।

राउतका कार्यकर्ताहरुले जनकपुर–४ मा गाडीको सिसा फुटाएका छन् । प्रदर्शनकारीको आक्रमणबाट मेयर प्रसाईंको कन्चटनेर चोट लागेको छ ।

कार्यकर्ताहरुले आज बिहानैदेखि जनकपुरधामका बिभिन्न स्थानमा प्रदर्शन गर्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस