दमकमा जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

दमकमा जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु


१२ माघ २०७८, बुधबार


दमक । जङ्गली हात्तीको आक्रमणबाट झापाको दमक–३ दुम्सेमा गए राति एक वृद्धको मृत्यु भएको छ ।

दमक–३ गोलाटारका ६२ वर्षीय गणेश अधिकारीको जङ्गली हात्तीको आक्रमणबाट ज्यान गएको हो ।

वडाध्यक्ष नवीन बरालका अनुसार मकै लगाएको खेतमा पानी हाल्न कुलोमा गएका बेला अधिकारीलाई हात्तीले आक्रमण गरेको हो ।

आक्रमणबाट उनको घटनास्थलमै ज्यान गएको थियो । दुम्से बस्ती हात्ती प्रभावित क्षेत्र मानिन्छ । दुई वर्षपछि दमकमा हात्तीले फेरि मान्छेको ज्यान लिएको वडाध्यक्ष बरालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस