नेपाल र मरिससबीचको खेलमा दर्शकलाई प्रवेश अनुमति « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेपाल र मरिससबीचको खेलमा दर्शकलाई प्रवेश अनुमति


१२ माघ २०७८, बुधबार


काठमाडौँ । नेपाल र अफ्रिकी मुलुक मरिससबीचको खेलमा दर्शकलाई मैदानमा प्रवेशको अनमुति दिइने भएको छ ।

सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना गर्दै एकतिहाइ दर्शकलाई मात्र खेल हेर्न मैदान पस्ने अनुमति दिइने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । मैत्रीपूर्ण खेल खेल्न मरिससको फुटबल टोली नेपाल आइसकेको छ । पहिलो खेल माघ १५ गते तथा दोस्रो खेल माघ १८ गते हुने तय भएको छ ।

एन्फाले दर्शकलाई खेल अवलोकन गर्न सामान्यतर्फ प्रति व्यक्ति रु पाँच सय र भीआईपीतर्फ रु एक हजार टिकट दर कायम गरेको छ ।

मरिससविरुद्धको मैत्रीपुर्ण खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बुधबार खेलाडीको अन्तिम नामावली सार्वजनिक गर्ने छन् । एक सातादेखि ३४ खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् ।

नेपाल आएपछि पिसिआर परीक्षण गर्दा मरिससका चार खेलाडीमा कोरोना देखिएको छ । चारैजना हाल आइसोलेसनमा छन ।

रंगशाला प्रवेशका लागि सबैलाई कोरोनाविरुद्धको खोपकार्ड अनिवार्य गरिएको छ । खेल साँझ पौने पाँच बजेदेखि सुरु हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस