विद्यार्थीलाई खोप सुनिश्चित गर्न मन्त्रालयको आग्रह « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विद्यार्थीलाई खोप सुनिश्चित गर्न मन्त्रालयको आग्रह


११ माघ २०७८, मंगलबार


काठमाडौँ । शिक्षा मन्त्रालयले विद्यार्थीहरुलाई कोरोना भाइरस विरुद्धको खोप लगाएको सुनिश्चितता गर्न विद्यालयहरुलाई निर्देशन गरेको छ ।

साथै मन्त्रालयले खोप लगाएका विद्यार्थीहरूको नाम सहितको विवरण अद्यावधिक गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ ।

नजिकको स्वास्थ्य केन्द्रसँगको समन्वयमा विद्यार्थीलाई खोप लगाउन र कसैलाई पनि नछुटाउन पनि मन्त्रालयले भनेको छ ।

प्रवक्ता दीपक शर्माद्वारा जारी विज्ञप्तिमा माघ १५ गतेसम्म कोरोना भाइरस सङ्क्रमणको जोखिमले विद्यालय बन्द गरिएको कुरा पनि उल्लेख छ ।

विद्यार्थीलाई फाइजर र मोडर्ना खोप लगाउने सरकारको तयारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस